नेपालको “राष्ट्रिय भवन संहिता” : एक चिनारी 

नेपालको “राष्ट्रिय भवन संहिता” : एक चिनारी 

Want create site? Find Free WordPress Themes and plugins.

– अमृत मान तुलाधर
विभागीय प्रमुख (सिभिल)
नेशनल कलेज अफ ईन्जिनियरीङ्ग

भूमिका:

    भौगोलिक बनावटको कारणले गर्दा नेपाल भूकम्पीय दृष्टिले जोखिम क्षेत्रको रुपमा रहेको छ ।    भारतीय उप–महाद्वीप र युरोशियन महाद्वीपको सन्धिस्थलमा (Subduction Zone) परेको कारण नेपाल भूकम्पीय क्षेत्रभित्र पर्दछ । यहाँ मझौला खालका भूकम्पले पनि ठुलो क्षति हुनसक्ने वारे सम्बन्धित विशेषज्ञ र भूगर्भ विदहरुले औंल्याएका छन् । नेपालको भूकम्पसम्बन्धी इतिहासलाई पल्टाउंदा वि.सं. १२५५, १४०८, १६८१, १८१०, १८३३ र १८६६ मा ठूला–ठूला भूकम्पहरू गएको थाहा हुन्छ । यससम्बन्धी क्षतिको वास्तविक तथ्याङ्क आकलन तथा लेखाजोखा भएको पाइदैन । वि.सं. १८९० भदौ १२ गते सांझ ६ बजे र राती ११ बजे ठूला–ठूला धक्का गएको भूकम्पले नेपालका धेरै भागहरूलाई प्रभावित पारी निकै धनजनको क्षति पु¥याएको थियो । जसको कारणले १८ हजार घरहरू क्षतिग्रस्त हुनु का साथै  १२० जनाले ज्यान गुमाउनु परेको थियो । यस पछिको वि.सं.१९९० साल माघ २ गतेको ८.४ रेक्टर स्केलको महाभूकम्पले नेपाल र भारतको विहार क्षेत्रमा अत्यधिक प्रभाव पा¥यो । यस भूकम्पले नेपालमा मात्र ८०,००० घरहरू नष्ट भएका थिए । समष्टिगत रुपमा १,०४,००० घरहरुलाई हानी नोक्सानी पु¥यायो भने  ४ हजार ५ सय जनाले ज्यान गुमाउनु परेको थियो ।

यसैगरी नेपालको उदयपुर जिल्लाको मुर्कुच्चे भन्ने ठाउमा केन्द्र बिन्दु भएको वि.सं.२०४५ साल भाद्र ५ गते गएको ६.७ रेक्टर स्केलको

भूकम्पले काठमाडौं उपत्यका र पूर्वी पहाड र तराइका ६५,०० भन्दा बढी घरहरू भत्काउनुका साथै ७ सय २१ जनाको ज्यान लिएको थियो ।

हालै २०१५ वैशाख १२ गते गोरखाको वारपक क्षेत्र केन्द्र बिन्दु भएकोे ७.८ रेक्टर स्केलको भूकम्पले र २०१५ वैशाख २९ गते सिन्धुपाल्चोक मा ७.२ रेक्टर स्केलको पराकम्पले  काठमाडौं उपत्यको विश्व सम्पदामा सुचिकृत हनुमानढोका, स्वयम्भू, धरहरा आदी क्षेत्रको नोक्सान   र पूर्वी पहाड र तराइका १६,००० भन्दा बढी घरहरू भत्काउनुका साथै ८ हजार भन्दा वढी ले ज्यान गुमाउनु परेको थियो ।

तत्कालिन वि.सं.२०४५ सालको भूकम्पबाट क्षति पु¥याइएका घरहरुको अध्ययनको आधारमा अव निर्माण हुने घरहरु भूकम्प प्रतिरोधात्मक हुन सकून् भन्ने उद्देश्यले त्यसवेलानै “राष्ट्रिय भवन निर्माण संहिता” (Nepal National Building Code) को वृहत खाँचो महसुस गेरिएको थियो । र तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयले भवन विभागको समेत संलग्नतामा आ.ब ०५०।५१ सालमा UNDP/UNCHS (Habitat) को सहयोगमा “राष्ट्रिय भवन संहिता” बनाउने निधो गरीयो  ।

यस सन्दर्भमा भन्नु पर्दा नेपालको लागि “राष्ट्रिय भवन निर्माण संहिता” निर्माण गर्ने जमर्को त गरियो तर त्यसवेला नेपालको भवन संहिता सम्वन्धि खासै कुनै Data, Standard वा Research भएको थिएन । त्यसैले विकसित मुलुकको भवन संहितालाई अध्ययन गरि नेपाललाई सुहाउदो भवन निर्माण संहिता तयार गर्ने निस्कर्ष गरियो । र विभिन्न विकसित मुलुकहरुको भवन संहितालाई अध्ययन गर्दे नेपाललाई सुहाउदो भवन निर्माण संहिता तयार गर्ने क्रममा भारतकै भवन सहितालाई आधार मान्ने विज्ञहरुले ठहर गरियो ।

यस कामका लागि तत्कालिन “भवन विभाग” (हाल शहरी विकास तथा भवन निर्माण विभाग) का प्राविधिक विज्ञहरु लगायत विदेशी प्राविधिक BECA WORLY INTERNATIONAL CONSULTANTS LTD, NewZealand, Golder Associates Ltd, Canada र Urban Regional Research, USA थियो । यस कार्यको Review Expert Panel मा University of Roorkee का Professor Emeritus Dr. Anand S. Arya रहनु भएका थिए । साथै नेपालका लागि राष्ट्रिय महत्वको भवन संहिता निर्माण गर्ने क्रममा एउटा Advisory Panel गठन गरियो जसमा विभिन्न निकायका विज्ञहरु रहनु भएको थियो । त्यस पश्चात नेपालका लागि ४ प्रकारको भवन सहिताहरु तयार गर्ने निधो गरियो जुन निम्न प्रकारका थिए ।

१)    इन्टरनेशनल स्टेट अफ आर्ट (International State of Art) : विकसित मुलुकमा अपनाइएको भवन संहिता समेतको अनुसरण गरी “इन्टरनेशनल स्टेट अफ आर्ट” मा आधारित हुने गरी बनाइने अत्याधुनिक भवनहरु ।

२)    प्रोफेसनली इन्जिनियर्ड विल्डिङ्ग (Professionally Engineered Buildings):  इन्जिनियर प्राविधिकहरुद्धारा डिजाइन र रेखदेख गरी बनाइने प्लिन्थ एरिया १००० वर्ग फिट भन्दा बढी भएका, तीन तला भन्दा बढी भएका तथा स्ट्रक्चर स्पान ४.५ मी. भन्दा बढी भएका महत्वपूर्ण भवनहरु ।

३)    म्यान्डेटोरी रुलस् अफ थम्ब (Mandatory Rules of Thumb): व्यावसायिक इन्जिनियर तथा प्राविधिकहरु उपलव्ध नभएका ठाउंहरुमा मध्यमस्तरको प्राविधिकको रेखदेखबाट बन्ने प्लिन्थ एरिया १००० वर्ग फिटसम्म, तीन तलासम्म तथा स्ट्रक्चर स्पान ४.५ मी. सम्म भएका साधारण भवनहरु ।

४)    ग्रामीण क्षेत्रका लागि भवन निर्देशिका (Guidelines for Remote Rural Buildings – Low Strength Masonry / Earthen Buildings) : दैनिक रुपमा प्राविधिज्ञको रेखदेख उपलव्ध गराउन नसकिने दुर्गम स्थानका दुई तलासम्मका घर तथा छाप्राहरु ।

२० वटा पुस्तकह्रुमा प्रकाशित उक्त संहितामा भारतको भवन संहितासंग आवद्घ भएको कुरालाई नकार्न सकिन्दैन किनभने धेरैजसो प्रोफेसनली इन्जिनियर्ड (Professionally Engineered  Code) भवन संहिताहरु भारतको भवन संहितासंग आवद्घ गरि हेर्नु पर्दछ । यसो किन गरि वनाईयो भन्नेकुरा धेरै प्राविधिकहरुको जिज्ञासा हुन सक्छ । यसको कारण  भारतको  भवन सहितालाई आधार मानि नेपालको भवन निर्माण संहिता तयार गर्ने क्रममा त्यसवेला हामीसंग आवश्यक Research data, Standard हरु थिएनन् । कतिपय Research data, Standard र दस्तावेजहरु Indian Standard को हुवहु नसारि नहुने भयो

राष्ट्रिय भवन संहिता लागू गर्ने सम्वन्धमा UNDP/UNCHS (Habitat) र यस विभागवाट तयार गरिएको स्ट्रक्चरल कोडलाई समायानुकूल आवश्यक संशोधन गरी विभिन्न विषेशत्रहरुको राय तथा सुझाव सहित अन्तिम रुप दिइएको थियो ।

त्यस्तै  राष्ट्रिय भवन संहिता लागू गर्ने सम्वन्धमा  आर्किटेक्चरल (Architecture Code), विद्युतीकरण (Electrical Code), स्यानेटरी (Sanitary Code)  पनि समाबेश गर्नको लागि आवश्यक कोड तयार गरीयो । आर्किटेक्चरल कोड (Architecture Code)  लाई      क्ष्लकतष्तगतभ या Institute of Engineering (TU), Society of Nepalese Architects (SONA), Society of Consulting Architects and Engineering Firms (SCAEF)  आदी विभिन्न पेशागत सस्थाका विषेशज्ञहरुको राय तथा सुझाव सहित अन्तिम रुप दिइयो । त्यस्तै इलेक्ट्रिकल  कोड (Electrical Code) लाई नेपाल विद्युत् प्राधिकरण, Society of Electrical Engineering Nepal (SEEN)। आदी विभिन्न पेशागत सस्थाका विषेशज्ञहरुको राय तथा सुझाव सहित अन्तिम रुप दिइयो । त्यस्तै स्यानेटरी कोड (Sanitary Code) लाई  खानेपानी तथा ढल निकास विभाग र नेपाल खानेपानी संस्थानका विषेशज्ञहरुको राय तथा सुझाव सहित अन्तिम रुप दिइयो । हाल यी संहिताहरु Digital Format (CD) र web site मा पनि उपलव्ध छन् ।

नेपालको भवनह्रुलाई भूकम्प, आगलागि तथा अन्य दैवीप्रकोपबाट यथासम्भव सुरक्षित राख्न को लागि र भवन निर्माण कार्यलाई नियमित गर्न वान्छनिय भएकोले २०५५ साल आसार १८ गतेको राजपत्रमा भवन निर्माण सम्वन्धी “भवन ऐन २०५५” प्रकाशित भैसकेको छ । र अव उप्रान्त वनिने सवै प्रकारको भवनहरुमा  प्रस्तुत राष्ट्रिय भवन निर्माण संहिता अनुसरण गरी वनाउनु पर्ने भनि “भवन ऐन २०५५” मा व्यवस्था भए वमोजिम  २०६२ फागुण १ गते को नेपाल राजपत्र मा सुचना प्रकाशित भैसकेको छ । जसअनुसार सवैनगरपालिका क्षेत्रहरु, जिल्ला सदरमुकाम रहेका गा.वि.स क्षेत्रहरु, नगरपालिका र सदरमुकाम रहेको ताकिएका.गा.वि.स. क्षेत्रहरुमा लागु गर्नु पर्दछन् ।

भवन निर्माण संहिताको कुशल एवं ब्यापक प्रयोगबाट भविष्यमा बन्ने प्रत्येक घरलाई बढी भूकम्प प्रतिरोधात्मक बनाउन सकिन्छ भन्ने तथ्य तथा भवन संहिताको बुंदाहरुलाई सम्पूर्ण शहर तथा ग्रामीण समुदायमा व्यापक रुपमा फिजाइ जनचेतना जगाउनु आजको आवश्यकता हो । यी मध्ये राष्ट्रिय भवन संहिता लागु हुनु एउटा महत्वपूर्ण उपलब्धि हो । साथै हरेक वर्ष माघ २ गते जनचेतना अभिवृद्धि गर्न “भूकम्प सुरक्षा दिवस” मनाउने कार्यपनि भइृ रहेको छ ।

तपाई नया घर ÷ भवन निर्माण गर्दै हुनु हुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुस् ।

ईँटको गारो लगाएर घर बनाउंदा ध्यान दिनु पर्ने कुराहरु ः

             जगको माटो तथा जमिनको अवस्था अनुसार जगको गहिराइ तथा चौडाइ पर्याप्त छ, छैन प्राविधिकको राय लिनुहोस् ।

             डि.पि.सि. लेवल लगायत हरेक तल्लामा टाइविम अवश्य  हाल्नुहोस् ।

             दुईवटा वा सो भन्दा वढीको गारोको जोड्नेमा जगदेखि कम्तिमा पनि ५ लाइनको डण्डी जगैदेखि ठाडो गरी   राख्नुहोस् ।

             झ्याल, ढोका, गारोको जोड्नीभन्दा कम्तिमा २ फुट टाढा राख्नुहोस् ।

             ठूलाठूला झ्यालहरु सकभर नराख्नुहोस् ।

             भवनको लम्बाइ चौडाइको ३ गुणाभन्दा कम राख्नुहोस् ।

             कोठाको लम्बाइ चौडाइको ३ गुणाभन्दा कम राख्नुहोस् ।

             गारोको उचाइ गारोको मोटाइको १२ गुणाभन्दा कम  राख्नुहोस् ।

             धेरै कुना निस्किएको वा चौडाइको तुलनामा धेरै लामो आकृति भएको ज्यादै लामो किसिमको L वा U आकारको भवनहरु भूकम्पीय दृष्टिकोणले कमजोर हुने भएको हुँदा समरुप (Symmetrical) आकृतिको भवन मात्र  बनाउनुहोस्  ।

             तीन तल्लाभन्दा अग्लो भवन बनाउनु पर्ने भएमा अवश्य प्राविधिकको राय लिनुहोस् ।

 

अन्तमा,

भौगोलिक तथा भौगर्भिक परिस्थितिले नेपाल Earthquake prone Zone  मा पर्ने भएको कारण यहाँ विनाशकारी भूकम्प आइरहने प्रवल सम्भावना देखिन्छ । भवन निर्माणको संहिताको पालना नभएसम्म कमजोर संरचनाहरु निर्माण भइ नै रहने छन् । त्यसैले भवन संहिताको समूचित परिचालनको अनिवार्यता वारे जनचेतना अभिवृद्धि गर्ने वारे विभिन्न गोष्ठी, श्रव्य दृष्य सामाग्रीहरुका साथै निर्देशन पूस्तिकाहरु उत्पादन गरी प्रचार प्रसार गर्नु पर्दछ । विशेष गरी भवन संहिताका प्रावधानको कुशल एवं व्यापक प्रयोगबाट प्रत्येक घरलाई वढि भूकम्प प्रतिरोधात्मक बनाउन सकिने छ भन्ने तथ्य तथा भवन संहिताले गरेका सिफारिसका वुँदाहरुलाई सम्पूर्ण ग्रामिण समुदायमा व्यापक रुपमा फिजाउनका साथै जनचेतना जगाउनुका लागि आवश्यक प्रभावकारी उपायहरु पहिल्याउनु पर्दछ । साथै सिभिल ईन्जिनियरीङ्ग पढने विद्यार्थीहरुलाई भूकम्प प्रतिरोधात्मक घर (Earthquake Resistance Design of Building) वनाउने वारे वढि ज्ञान दिनु अति आवश्यक छ ।

यस सम्वन्धमा राष्ट्रिय भवन संहिताको प्रयोग  प्रति सबैलाई प्रोत्साहित गर्नु जरुरी हुन्छ । भुकम्प आएपछि हुनसक्ने सम्भावित असरहरुबारे सर्वसाधारण तथा सरकारी, गैर सरकारी एवं अन्य सबै संघसंस्थाहरुमा आवश्यक सचेतता बढाइ यस सम्वन्धी पूर्व तयारीमा सक्रियतापूर्वक लाग्नु आजको एक प्रमुख आवश्यकता हो । भूइचालो एक प्राकृतिक प्रक्रिया हो यस्ता विनाशकारी प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न तर समयमै वुद्धि पु¥याइएमा यसबाट हुने धनजनको क्षतिलाई अवश्य कम गर्न सकिन्छ ।

 

 

Did you find apk for android? You can find new Free Android Games and apps.

Leave a Reply

Your email address will not be published. Required fields are marked *