नेशनल कलेज अफ इन्जिनियरिङ्ग

    (त्रि.वि. द्वारा सम्बन्धन प्राप्त)

पुस्तकालय प्रयोग सम्बन्धी नियमहरु

 

१. पुस्तकालयमा पुस्तकहरुको (issue and return)  गर्ने काम बिहान ७ :३० देखि दिउँसो ३:०० सम्म हुनेछ ।

२. पुस्तकहरु issue गर्न Barcode Print भएको ID Card अनिवार्य रुपमा देखाउनु पर्नेछ ।

३. पुस्तकहरुको issue निम्नानुसार हुनेछ ।

(क) सेमेष्टर पुस्तक — ७ वटा एक सेमेष्टरको लागि (IOE Exam सकिएको १५ दिन भित्र बुझाउनुपर्ने)

(ख) अतिरिक्त (Extra Book) — ३ वटा (१५ दिनको लागि)

(ग) Question Bank — १ Set (१ सेमेष्टरको लागि)

४. अतिरिक्त पुस्तक पुस्तकालयमा उपलब्ध भए मात्र Issue गरिनेछ ।

५.Thesis, Final Year Report / Minor Report Issue गरिने छैन ।

६.Course Manual र Lab Manual पुस्तकालयमा उपलब्ध भए सम्म issue गरिनेछ ।

७.Valid Date नाघेका पुस्तकहरुमा प्रत्येक दिन रु.१ का दरले जम्मा दिनले गुणा गरी आएको रकम प्रत्येक सेमेष्टर सकिएको १५ दिन भित्रमा  लेखा  शाखामा जम्मा गरेको Receipt पुस्तकालयमा पेश गरेपछि मात्र निजलाई पुन: Issue गर्न दिइनेछ ।

८. पुस्तकहरु Issue गर्दा पुस्तकको स्थिति (Book Condition) ठिक छ छैन चेक जांच गरी लानुपर्नेछ । पुस्तक च्यातिएमा वा हराएमा सोही पुस्तक बजारमा हालसालै प्रकासित (Latest Edition) को खरिद            गरी पुस्तकालयलाई बुझाउनु पर्नेछ अथवा उक्त पुस्तकको बजारको हालको मूल्य बराबरको रकम लेखा शाखामा बुझाएको Receipt पुस्तकालयमा देखाई आफ्नो खाताबाट उक्त भरपाई भएको पुस्तक हटाउन लगाउनु पर्नेछ ।

९. पुस्तकालयबाट Issue भएका सम्पूर्ण Material हरु पुस्तकालयलाई फिर्ता नगरी नयाँ सेमेष्टरको लागि पुस्तकालयबाट कुनै पनि Material हरु Issue गरिने छैन ।

१०. पुस्तकालयमा आफुले प्रयोग गरेका Material हरु जहाबाट झिकिएको हो सोहि ठाउँमा राख्नुपर्नेछ ।

११. अन्तिम सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुले Issue गरेका पुस्तकालयका सामाग्रीहरु अन्तिम सेमेष्टरको परीक्षा (8th semester exam) सकिएको १५ दिनभित्रमा पुस्तकालयलाई फिर्ता गर्नुपर्नेछ । Valid    Date नाघेमा माथि नियम ७ बमोजिम  Late Charge लाग्नेछ । Valid Date नाघेको १८० दिन भन्दा बढि भएमा फिर्ता नभएका सामाग्रीहरु एकमुष्ट हिसाब गरी निजको Deposit बाट कट्टा हुने गरि बजारबाट        खरिद गरिनेछ।

१२. पुस्तकालयमा अध्ययन अनुसन्धान बाहेकका कुनै पनि क्रियाकलाप गर्न निषेध गरिन्छ ।

१३. पुस्तकालयको नियम विपरित आचरण गर्ने जो कोहिलाई पुस्तकालय प्रयोग तथा प्रवेशमा पुस्तकालयले रोक  लगाउन सक्नेछ ।

१४. पुस्तकालयलाई सूचना र अनुसन्धानको केन्द्र बनाई शान्त वातावरणमा अध्ययन गर्ने व्यवस्थाको लागि यहाँहरुको  साथको सधै अपेक्षा गरिन्छ ।

(नोट : पुस्तकालयमा पुस्तक उपलब्ध भएसम्म नियमित विद्यार्थीहरुलाई Back Exam  को लागि पनि पुस्तकहरु उपलब्ध गराइनेछ ।)

पुस्तकालय शाखा