“प्रथम भर्ना सूची -२०८३ ” प्रकाशन सम्बन्धि सूचना

यस कलेजमा Civil, Computer, Electrical / Electronics, Communication & Information Engineering कार्यक्रमहरुमा स्नातक तह (बि.ई.) २०८३ ब्याच मा भर्नाको लागि आवेदन फाराम भर्नु भएका आवेदकहरु मध्येबाट IOE Entrance Examination-२०८३ को नतिजाको Rank को आधारमा तपसिल अनुसारको प्रथम भर्ना सूचि (First Merit List) प्रकाशन गरिएको छ । उक्त सूचिमा पर्न सफल हुनु भएका आवेदकहरुलाई मिति २०८३ भाद्र ११ गते अपरान्ह ३ बजे सम्ममा भर्ना भई सक्नु हुन यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

पुनश्चः
१. प्रथम भर्ना सूचि उपर दाबि विरोध भएमा मिति २०८३ भाद्र ७ गते बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म कलेजमा स्वयं उपस्थित भई निवेदन दिन सकिनेछ ।
२. भर्ना सूचीमा नाम प्रकाशन भई तोकिएको समयमा भर्ना नहुने आवेदकहरुको नाम आवेदकको सूचीबाट स्वतः हट्नेछ र पछि प्रकाशन हुने सूचीहरुमा समावेश गरिने छैन ।
३. तल्लो प्राथमिकताका कार्यक्रममा नाम प्रकाशित भई भर्ना हुने आवेदकहरुको योग्यताक्रमले भ्याएमा पछिल्लो सूचीहरुमा माथिल्लो प्राथमिकता तोकेको कार्यक्रमहरुमा नाम प्रकाशित गरिनेछ । तर कुनै आवेदकको नाम यस सूचिमा तल्लो प्राथमिकताका कार्यक्रममा प्रकाशित भई भर्ना नभएको खण्डमा उक्त आवेदकको नाम आवेदक सूचिबाटै हट्ने भएकोले आगामि सूचिहरुमा माथिल्लो प्राथमिकताको कार्यक्रमहरुमा समेत प्रकाशन हुने छैन ।
४. कुनै कार्यक्रममा भर्ना भएका आवेदकहरुको नाम माथिल्लो प्राथमिकता दिएको कारण अन्य कार्यक्रममा निस्केमा निज अन्य कार्यक्रममा भर्ना हुनुपर्नेछ ,यदि नभएमा निजको भर्ना खारेज गरिनेछ । तर भर्ना सूचीमा नाम प्रकाशन भई भर्ना भईसकेका विद्यार्थीले अब उपरान्त माथिल्लो प्राथमिकतामा नसर्ने भनि भर्ना फारममा उल्लेख गरेमा त्यस्ता आवेदक भर्ना भएकै कार्यक्रममा रहन सक्नेछन ।

प्रदिप अधिकारी
संयोजक, भर्ना समिति–२०८३

First Merit List-2083

B.E. COMPUTERView Here
B.E. CIVILView Here
B.E. ELECTRONICS , COMMUNICATION & INFORMATION ENGINEERINGView Here
B.E. ELECTRICALView Here

Remember following subject codes while viewing merit list

25 means Computer

21 means Civil

23 means Electrical

24 means Electronics, Communication & Information

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बि.ई भर्ना २०८३- आवेदन सुची

यस नेशनल कलेज अफ इन्जिनियरिङमा २०८३/८४ शैक्षिक सत्रको लागि बि.ई.(Civil , Electrical, Computer, Electronics Communication & Information) मा भर्ना हुनका निमित्त आवेदन दिएका आवेदकहरुको संशोधित